‘अमेरिकी औषधिको मूल्य घटाइने’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिएका छन्।

‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’, उनले सम्वाददाताहरुसँग भने। आफ्नो देशमा बन्ने औषधि संसारका अरु देशको भन्दा पुरानो भएको उनले बताएका छन्।

उनले भने, ‘हामीलाई थाहा नै छ कि अरु देशहरुले औषधिका लागि सस्तो मूल्य तिरीरहेका छन् तर हामीले त्यो भन्दा महंगो रकम खर्च गर्नु परिरहेको छ, कहिलेकहीँ त ६० देखि ७० प्रतिशतसम्म पनि उनीहरूले सस्तोमा औषधि पाइरहेका छन्।’

उनले औषधि कम्पनीहरूले लामो समयदेखि फाइदा मात्र उठाइरहेको पनि बताए।

तर पनि अमेरिकी औषधि कम्पनीहरुबाट छिमेकी देश क्यानाडा, मेक्सिकोले फाइदा भने लिइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए। रासस/एएफपी