आयाक्स कप्तान म्याथिज स्पेन बाहिर

एजेन्सी । आयाक्सका डिफेन्डर म्याथिज डि लिट बार्सिलोना बाहिर जानसक्ने बताइएको छ। उनका एजेन्ड मिनो राइओलाका अनुसार म्याथिज इंग्लिस क्लब लिभरपुल तथा फ्रान्स लिग वान क्बल पेरिस सेन्ट जर्मन (पिएसजी) जानसक्ने बताएका छन्।

‘म्याथिजलाई अनुबन्ध गर्न सक्ने क्लब मध्यको एक हो म्यानचेस्टर युनाइटेड।’ उनका एजेन्ड मिनोले भने, ‘तर यस खेलाडी किनबेचमा अन्य क्लब भन्दा लिभरपुल र पिएसजीले मोटो रकमका लागि प्रस्ताव गरेको छ। यतिबेला नेदरल्यान्डका सेन्टर–ब्याक म्याथिजका लागि स्पेनिस महारथी बार्सिलोना जस्ता ठुला क्लब समेत इच्छुक देखीएका छन्। रिपोर्टका अनुसार म्याथुजका एजेन्डले बार्सिलोनासँग २० प्रतिशत कमिशन मागेकाले उनलाई अनुबन्ध गर्न नसकेको बताइएको छ।

मिनोले अन्य क्लबसँग उनका लागि ७० मिलियन युरोको माग गरेका छन्। च्याम्पियनस लिगमा उनको प्रदर्शन देखेर लिभरपुल अनुबन्ध गर्न तयार रहेको बताएको छ। तर, यता पिएसजी पनि म्याथिजलाई अनुबन्धका लागि दौडमा रहेको बताइएको छ। उनका एजेन्ड मिनोले म्याथिज लिभरपुल वा पिएसजी जान सक्ने तर, बार्सिलोना अनुबन्ध गर्न गाह्रो भएको बताएका छन्। बार्सिलोनाले म्याथिजको आवस्यकता पुरा गर्न नसकेको एजेन्डको आरोप छ।