ईश्वर पोखरेल स्कुल विभाग प्रमुख भएपछि नेकपा विवाद सामसुम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएसँगे पार्टीभित्रको विवाद अन्त्य भएको छ ।

नेकपाको केन्द्रीय समिति बैठकले ३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो लगाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको थियो ।

यस्तै प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतम, अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको नेता श्रेष्ठले बैठकपछि जानकारी दिए ।