एलआरआईको सफलताका कथा सम्मेलन

काठमाडौं । एलआरआई स्कुल कलंकीले दोस्रो अन्तर्राष्ट्रिय सफलताको कथा सम्मेलनको आयोजना गरेको छ । ३१ स्कुलका २५० जना सहभागी कार्यक्रममा सात जनाले सफल व्यक्तिले आफ्ना सफलताका कथा सुनाएका थिए ।

विद्यार्थीहरूलाई कसरी सिकाउदा कुसलतापूर्वक ज्ञान प्रदान गर्न सकिन्छ भन्ने बारे उनीरूले सिकाई सम्वन्धि सफलताका कथा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रो. डा. फ्रमाइन्कोस बेलेण, प्रो. डा. पाडल विनो डि मास्कोइटा, प्रो. डा. वासुदेव काफ्ले, प्रो लक्ष्मण ज्ञवाली, प्रो क्याथ्रीन बिनो डी मस्कोइटा, सगुन श्रेष्ठ, बलराम अधिकारीलगायतले सफलताका अनुभव साटेका थिए ।

सहभागी मध्यकी एक वक्ता मिरा श्रेष्ठले यस्तो खाले कार्यक्रममा अनुभव साट्न पाउँदा आफूमा पनि आत्मवल बढ्नुका साथै सहभागी शिक्षकमा पनि नयाँ सिकाई हुने आफूले विश्वस लिएको बताइन् । एलआरआई स्कुलले बेलाबेला यस्ता कार्यक्रमहरू गर्दै आएको छ ।

गुठी अन्तर्गत सञ्चालित उक्त विद्यालयमा सुविधासम्पन्न भौतिक संरचना रहनुका साथै आफ्नै पार्ल्यामेन्ट भवन समेत रहेको छ । विद्यालयका प्राचार्य डा. देवकान्त जोशीले आगामी दिनमा पनि यस्ता खाले सिकाई उपलब्धि मुलक कार्यक्रमको आयोजना गर्दै जाने बताएका छन् ।

विद्यालयले स्कुल भित्र मात्र नभएर देशका विभिन्न स्थानमा रहेका कमजोर आर्थिक अवस्था भएका सामुदायीक विद्यालयमा स्कुल बस, कम्युटर लगायत अन्य सामग्रीसमेत बेला बेला सहयोगका रुपमा प्रदान गर्दै आएको बताए ।