कविताः पाठेघरहरू अझै फुलिरहेछन्

0 राजबाबु श्रेष्ठ ‘सागर’

जिन्दगीको
सबैभन्दा ठूलो खुसी
आफ्ना कोपिलाहरू फुलेर
उद्यानमा ढकमक हुनु रहेछ ।

तर अभागी फूलहरू
फुलेर ओइलाई झर्नु
उसको रहर हुँदैहोइन
उसको विवशता हो ।

फुल्न त फुल्छन्
ती ओइलाई झरेका
फूलका बीजहरू पनि
एक नयाँ जीवनको रहरको ढाकर बोकेर
तर फूलको आफूसङ्गै फुलोस् भन्ने
जिजीविषा आफू झरेसङ्गै मरेर जाँदोरहेछ ।

त्यस्तैगरी
मेरी एक फूलथिई फुलिबस्ने
आनन्दको उद्यानमा मुस्कुराई रहने
ऊ फुली, अनि फक्रिई
जिन्दगीको उद्यान नै रङ्गीन भएर आयो
र त, तारा र जूनहरू पनि पुतली बनेर
उड्न थाले मेरा ती खुसीका उद्यानमा ।

तर अचानक एकदिन
सूर्य ससुराली गएसङ्गै उनीपनि
आफ्नो माइती गईन्
सूर्य फर्कि आए तर मेरी फूल कहिल्यै फर्किनन्
आज उनी झरेपछिको उनकै बीजहरू

फूल बनेर मुस्कुराई रहेछ्न्
तिमी जून र ताराको देशमा
गएर नागरिकता लिएछ्यौ् ।

ऊ हेर त तल
तिम्रो पाठेघरहरू अझै फुलिरहेछन्
तिम्रो हृदयको जिजीविषा बनेर ।

महोत्तरी, गौशाला १