कीर्तिमानी धावकको कथाले सबैलाई रुवाएपछि…

काठमाडौं । सात विधा सकियो। अझै कती होला? छेउमै बसेकी भारोत्तोलनकी राष्ट्रिय खेलाडी मनीसा रानाभाटले साथीहरुसँगै सोधी रहेकी थिइन् । उताबाट म तीर इसारा आयो । ‘दाई अब कती बाँकी छ ?’ अब तीन विधा बाँकी छ । यतिमै हाम्रो वार्तालाप सकियो । उता स्टेजमा उद्घोषक बोली रहेको थिए । प्रज्ञाप्रतिष्ठाको हल भित्र हजारौ खेलाडी र खेल प्रेमिहरुको जमात बाक्लै थियो । ‘एसी’ले पनि त्यती काम गरीरहेको थिएन् । गर्मीले उकुसमुकुस भएका दर्शकहरु बाहिर भित्र गरीरहेका थिए ।

उद्घोषले केही भुमीका बाध्दै अवार्डमा रहेको अर्को विधाको उद्घोष गरे । उक्त विधा थियो ‘लाइफटाई अचिभमेन्ट‘ अवार्ड। उद्घोषकले उद्घोष गर्दै प्राविधिक मित्रलाई उक्त विधाको अडियो भिजियोल प्रिजेन्टेसनका लागि आग्रह गरे । स्टेजमा बनाइएको ठुलो पर्धामा उक्त विधामा मनोतिन भएका एक जना विशिष्ट व्यक्तिको नाम आयो । उनी थिए विश्व कीर्तिमानी धावक हरि रोकाया । उनको नाम आउने बित्तिकै बाहिर भित्र गरी रहेको दर्शकहरु पनि एक पटक रोकिए र सान्त भए । उक्त एक–दुई मिनेटको रोकायाको अडियो भिजियोल वायोग्रफि सुन्दै गर्दा पुरै दर्शक दिर्घामा सन्नटा छायो । उक्त भिडियोमा रोकायाले बोलेका शब्द शब्दमा दर्शक र खेलाडीले सहमत हुँदै गडगडाहट ताली बजाए । उनले देशले खेलाडीका लागि गरेको सहयोगको बारेमा बोल्दै भावुक समेत बने । उनी १५ दिन अस्पतालको बेडमा मार्न बाँच्नेको कुनै टुग्गो नहुँदा सरकारी स्तरबाट विश्व कीर्तिमानी रोकायालाई कुनै सहयोग नपाएको गुनासो गरेका थिए । तर, उनले भुइमा खुट्टा टेक्ने आफ्नो शारिरिक अवस्था हुन्जेलसम्म पनि खेलाडीहरुलाई प्रशिक्षण दिएको कुराले सबैको मन चस्स छोयो । उनले अस्पतालको बेडबाटै आफ्ना चेला (खेलाडी)हरुलाई फोनबाटै भएपनि प्रशिक्षण दिन भने छोडेनन् ।

उनको यो छोटो वायोग्रफीले सवैलाई छोयो । यतीसम्मकी फोटो पत्रकारले फोटो खिच्नै बिर्से । दर्शक दिर्घामा रहेका दर्शक र खेलाडीका आँखा रसाए । एकले अर्कालाई सुमसुम्याइ रहेका थिए । मेरो छेउमै बसेकी भारोत्तोलनकी खेलाडी रानाभाट निकै भावुक भईन् । उनलाई उनकै छेउमा बसेका साथीले नरोउ न भन्दै सम्झाइ रहेका थिए । आफ्नो अंगालोमा बाध्दै उनको पिठ्यु सुमसुम्यई साथीले रानाभाटलाई भन्दै थिए । ‘न रोउन! किन रोएको?’

उता स्टेजमा पुगेका रोकाया पनि आफ्नै अडियो भिजियोल देखेर भावुक बनेका थिए । उनका आँखामा मडारिएको बादल जस्तै आँसुले भरिएको प्रस्टै देखिन्थो । उनले अवार्ड थाप्दै गर्दा दर्शक दिर्घामा बसेका सबैले उठेरै उनको अभिनन्दन गरे । अवार्ड समारोहमा कुनै खेलाडीका लागि दर्शकले देखाएको त्यो माया र सम्मा मैले पहिलो पटक देखे । जुन विश्व कीर्तिमानी धावक हरि रोकायाका लागि थियो । त्यो कुराले ड्यासमा बसेका खेलकुद मन्त्री जगद बहादुर सुनार (विश्वकर्मा)लाई पनि कुनै न कुनै तरिकाले छोएको हुनु पर्छ । र उनले खेलाडीका लागि केही न केही नयाँ फरक गर्ने मनैमन अठोट गरेको हुनु पर्छ ।

‘यो.. पत्रकर मञ्चले स्टेजमा ल्याएर जुन सम्मा गर्नु भयो त्यसका लागि धन्यावाद । यससँगै विशिष्ट व्यक्तिहरुलाई पनि धन्यावाद छ।’ धावक रोकायाले भने, ‘सबैले यो अडियो भिजियोल हेर्नु भयो । मैले देशका लागि गर्ने हो । हामी जतिजना प्रशिक्षक र खेलाडी छौ सबैले देशका लागि गर्ने हुन् । र देशले पनि हामीलाई केही दिनु पर्छ।’ आफ्ना बेदना पोख्दै धावक रोकायाले आफु १५ दिन अस्पतालको सैयामा बस्दाको पिडा पोखे । ‘खेलाडीहरुका लागी कोष खडा गरी दिएको भए, मैले बिरामी हुँदा त्यस्तो अवस्था भोग्र्नु पर्ने थिए ।’ उनले थपे, ‘मेरा चेलाचेलीले के सोच्लान? तपाई गुरु भएर पनि यस्तो हालत छ । हामी गरिबका छोरा छोरी भोली हामीमा बिलए भए कस्ले हेर्छ? तपाईलाई त तपाईको परिवारले बचाए ।’ धावक रोकायाले अवको दिनका खलाडी र प्रशिक्षकलाई आफ्नो जस्तो वेवास्ता नगरि दिन समेत आग्रह गरे ।

उनलाई प्रदान गरेको अवार्डमा कसैको पनि विमत्ती नहोला । किनकी यस अघि प्रदान गरेको पिपल्स च्वाइस अवार्डमा केही दर्शनले असहमती जनाएका थिए । ठुलो स्वरमा कराउँदै पक्षपात भएको बताएका थिए । उनले नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानले सबै भन्दा कम भोट पाएकोमा असहमत थिए । तर, उनलाई पिपल्स च्वाइसको अर्थ थाहा थियो की थिएन उनै थाहा पाँउन् । उक्त अवार्ड भलिबलकी रेश्मा भण्डारीले सर्वाधिक भोट प्राप्त गर्दै जितेकी थिइन् ।
००००

वर्षभरी नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा योगदान पुर्‍याउने खेलाडी तथा खेलसम्बद्व व्यक्तिलाई नेपाल खेलकुल पत्रकार मञ्च (एनएसजेएफ)ले विगत लामो समय देखी पुरस्कृत गर्दै आएको छ । २५ हजार रुपैयाबाट सुरु गरेको अवार्ड अहिले १६ औं संस्करणमा पुग्दा लाखौमा पुगेको छ । वि.स. २०५३ सालमा एनएसजेएफले पहिलो पटक चार विधामा अवार्ड प्रदान गरेको थियो । पहिलो संस्करणमा वर्ष खेलाडी महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक र लाइफटाइन अचिभमेन्ट अवार्ड गरी चार विधामा प्रदान गरीएको थियो । पहिलो संस्कारणका लागि विभिन्न व्यक्तीहरुसँग आर्थिक सहयोग माग्दै र बाँकी रकम मञ्चमा सदस्यहरुले आफै उठाउँदै नेपालमा खेलकुद् अवार्डको सुरुवात मात्र गरेका थिए । तर, त्यसपछि केही वर्षपछि समस्यका कारण अवार्डले निरन्तरता पाउन सकेनन् ।

वि.स.२०६१ सालबाट पुनः निरन्ता दिने उद्देश्येले एनएसजेएफले दोस्रो संस्करण दुई विधामा सम्पन्न गर्यो । २०६२ सम्म पुनः चार विधामा प्रदा गर्दै आएको एनएसजेएफ स्पोर्टस अवार्डमा २०६३ र ६४ मा दुई विधा थप्दै ६ विधामा अवार्ड प्रदान गरिएको थियो । २०६५ मा सात विधामा अवार्ड प्रदान गरिएको थियो भने २०६६ मा १० विधामा प्रदान गरिएको थियो । त्यसपछि २०७२ सालमा भुकम्पका कारण अवार्ड गर्न सकेको थिएन् । त्यस अघि र पछिका वर्षमा कहिले ८ र कहिले ९ विधामा अवार्ड प्रदान गर्दै आएको एनएसजेएफले २०७६ मा १० विधामा अवार्ड प्रदान गर्यो । सुरुवाती समयमा अवार्डका लागि चन्दा माग्दै आएको एनएसजेएफले पछिल्ला समय प्रायोजक र सह–प्रायोजकले राम्रै साथ दिएका छन् । यसको जोलन्त उदारण यसै वर्ष आयोजना भएको अवार्डका लागि प्रायोजकले रामै साथ दिँदा अवार्डको नाम लामो अथवा कर्मसियल कार्यक्रम जस्तो भएको आवाज उठ्नु हो ।

नेपालकै ठुलो स्पोर्टस अवार्डको छबी बनाएको यस अवार्डको मनोतिमा पर्नु खेलाडी आफैले ठुलो उपलब्धि ठानेका छन्। भर्खरै सम्मन १६ औं संस्करको पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड एथलेटिक्सका अजितकुमार यादवले ग्रहण गर्दै गर्दा आफ्नो विजनकै सबैभन्दा ठुलो अवार्ड भएको बताएका थिए। त्यस्तै वर्षको उत्कृष्ट महिला खेलाडी अवार्ड विजेता फुटबलकी स्ट्राइकर सावित्रा भण्डारीले एनएसजेएफ छ त खेलाडी छौ भन्दा नेपाली खेलकुदमा यस अवार्डको स्थान र भुमिका प्रस्ट छ ।