क्यानको केन्द्रीय निर्वाचन असोज पहिलो साता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि केन्द्रीय निर्वाचन असोज पहिलो साता हुने भएको छ। जिल्ला र प्रादेशिक क्रिकेट संघको निर्वाचन सकिएसँगै केन्द्रीय निर्वाचन हुने भएको हो।

निवार्चन असोज ३ र ४ गते हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गठन गरेको स्वतन्त्र कमिटिले वजनाएको छ। केन्द्रीय निर्वाचनबाट क्यानको नयाँ १७ सदस्यीय कार्यसमिति चयन हुनेछ । केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ।

निर्वाचनमा जिल्लाबाट १-१ प्रतिनिधि गरि ३९ र प्रदेशका २० प्रतिनिधि गरी ५९ जनाले निर्वाचनमा मत हाल्न पाउने छन्। क्यानको केन्द्रीय समितिको निर्वाचनपछि आईसीसीले नेपालमाथि लगाएको निलम्बन फुकुवाको तयारी गर्नेछ । क्यानको निर्वाचनबारे आईसीसी अक्टोबरमा हुने बोर्ड बैठकमा पेश गर्नेछ।