गीतकारका रुपमा प्रस्तुत भइन सरिता

काठमाडौं । सांगीतक क्षेत्रमा सरिता लिङ्देनको प्रवेश भएको छ । नेपाली संगीतमा उनले आफूलाई गीतकारका रुपमा प्रस्तुत गरेकी हुन् । पहिलो प्रयासका रूपमा सरिताले ‘उडेर जाऊँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन।

गीतमा स्वर भने लोकप्रीय गायिका अन्जु पन्तको छ । संगीत मन्जुल मितेरीको छ भने म्युजिक एरेन्ज बादल लिम्बुले गरेका हुन।

रोमान्सको भावमा प्रस्तुत गरिएको भिडियोमा नायिका तथा मोडेल रिमा बिश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। राम कुमार केसीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन। सत्य राज चौलागाईको भिडियो निर्देशन गरेका हुन् ।