घुस लिने सुब्बा अख्तियारको फन्दामा

काठमाडौं । जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत एक जना नायब सुब्बा घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको टोलीले नायब सुव्बा रमेशकुमार खड्कालाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो ।

उनले सेवाग्राहीसँग अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी साठी हजारबाट घुस रकम मागेका थिए थिए ।

अन्तिममा पन्ध्र हजार नदिए कागजपत्र नै नदिने भन्दै उनले सेवाग्राहीलाई दुःख दिएको उजुरीका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो । रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाट उनी घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।