त्रिभुवन विमानस्थलको धावनमार्गमा दुई विमान ठोक्किँए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुई विमान एकापसमा ठोक्किएका छन् ।

विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्स र यति एयरलायन्सको विमान एका आपसमा ठोकिएका हुन् । श्रीको वमिानले यतिको विमानलाई ग्राउण्ड ह्याण्डलिङका क्रममा पछाडिबाट ठक्कर दिएको विमानस्थलका एक कर्मचारीले बताए ।

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किँएको बताइएको छ । दुवै विमानमा सामान्य क्षति पुगेको छ ।