नेपाली मुलका दिवेश बने अमेरिकन आइडल उपविजेता

काठमाडौं । नेपाली मूलका दिवश पोखरेलले १९औँ अमेरिकन आइडलको उपविजेता बनेका छन् । उपाधि भने जस्ट सामले जितेकी छिन् ।

उत्कृष्ट दुईमा सामले भोटको आधारमा दिवेशलाई पछाडि पारेकी हुन् । २१ वर्षीया सामको वास्तववि नाम समन्था डियाज हो । उनी लाइबेरियन मूलकी हुन् । उनलाई जिताउन लाइबेरियामा अभियान नै चलाइएको थियो ।

साम र दिवेश उत्कृष्ट सातबाट आजै उत्कृष्ट पाँच र हँदै फाइनलमा पुगेका थिए । यसअघि उत्कृष्ट पाँचमा उनीहरुसँगै फ्रान्सिस्को मार्टिन, डिलन जेम्स र जोनी वेष्ट पनि पुगेका थिए ।

काठमाडौँ रविभवनका दिवेश सन् २०१४ मा अध्ययनका लागि अमेरिका पुगेका थिए । उनी परिवारसँगै केन्सासको विचिटामा बस्छन् ।