नेपाल ७-० ले पराजित गर्दै भारतले उचाल्यो साफ यू-१५ च्याम्पियनसिपको उपाधि

काठमाडौं । नेपाललाई ७-० ले पराजित गर्दै भारतले साफ यू-१५ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालविरुद्ध शानदाल जित निकाल्दै भारतले उपाधि उचालेको हो ।

फाइनलमा भारतले नेपालाई ७-० गोलअन्तरले राएर उपाधि उचालेको हो । पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो आफमा थप चार गोल खायो ।

लज्जास्पद हारसँगै नेपालले उपविजेतामा चित्त बुझाएको छ । राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ५-० ले पराजित भएको थियो ।

त्यसपछिका खेलमा भने नेपालले श्रीलंका, भुटान र बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो । फाइनल खेलमा भने नेपालमाथि पुनः भारत हावी भयो ।