पाकिस्तानमाथी अष्ट्रेलियाको जित

एजेन्स । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजति गरेको छ । बुधबार भएको खेलमा अष्ट्रेसलयाले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सय ६६ रन बनाउन सक्यो ।

पाकिस्तानका लागि इमाम उल हकले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ७५ बलमा ७ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्र्त मोहमद हाफिजले ४९ बलमा ३ चौका र १ छक्का सहित ४६ रन जोडे ।

३९ बल खेलेका वाहब रियाजले २ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे । कप्तान सर्फराज अहमेदले ४८ बलमा १ चौका सहित ४० रन बनाए । बाबर अजामले ३० तथा हशन अलीले ३२ रन जोडे ।

अष्ट्रेलियाका पाट कुमिन्सले ३ विकेट लिए । त्यस्तै केन रिचार्डसन र मिचेल स्टार्कले दुई दुई तथा नाथन कूल्टर नाइल र आरोन फिन्चले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ७ रन जोडेको थियो । अष्ट्रेलियाका लागि वार्ननरले १०७ रनको शतकीय पारी खेले । उनले १११ बलको सामना गर्दै ११ चौका र १ छक्को मद्दतमा १०७ रनको शतकीय पारी खेलेका हुन् ।

त्यस्तै कप्तान आरोन फिन्चले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ८४ बलमा ६ चौका र ४ छक्का प्रहारु गर्दै ८२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका हुन् । फिन्च र वार्नरले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गरेका थिए । फिन्च २३ औं ओभरको पहिलो बलमा क्याच आउट भएका हुन् ।

उनी मोहम्मद आमिरको बलमा मोहम्मद आफीजले क्याच गर्दै पेभिलियन फर्काएका थिए । त्यस्तै शाउन मार्शले २३, ग्लेन म्याक्सवेलले २०, एलेक्स केरीले २०, उस्मान खवाजाले १८ र स्टिभन स्मिथले १० रन जोडे ।

पाकिस्तानका लागि मोहम्मद आमिरले सर्वा्धिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै मात्र ३० रन खर्चेर पाँच विकेट लिएका हुन् । त्यस्तै शाहीन शाह अफ्रीदीले दुई तथा मोहम्मद हाफिज, हसन खली र वहाब रियजले एक विकेट लिए ।

यसजितसँगै अष्ट्रेलियाले ४ खेलबाट ६ अंक जोडेको छ । र, अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानको यो दोस्रो हार हो । आठौं स्थानको पाकिस्तानले ४ खेलबाट ३ अंक जोडेको छ ।