बालुवाटार जग्गा काण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

ढकालको सानो भर्याङमा रहेको अहिले घरमा आज साँझ केही बेर अघि बम विस्फोट भएको हो । आज बेलुका ८ बजेतिर ढकालको घरको गेटमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्षति पुगेको प्रहरीले जनाएको छ । घरको झ्यालका सिसा समेत फुटेका छन् । विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । विस्फोट कसले र किन गराएको हो भन्ने खुल्न सकेको छैन।

ढकाल तत्कालिन नेकपा एमाले नवलपरासीबाट महाधिवेशनका प्रतिनिधि हुन्।