बेल रियल मड्रिडमा फर्किए

एजेन्सी । वेल्स स्टार खेलाडी ग्यारेथ बेल रियल मड्रिडको टोलीमा समावेस भएका छन् । आइतबार राती रोमासँगको मैत्रिपूर्ण खेलाका लागि बेल रियलको टोलीमा समावेश भएका हुन् ।

यसअघि यो सिजनमा बेलले रियल छोड्ने चर्चा चलेको थियो ।

प्रशिक्षक जिनेदिन जिदानले ने यो सिजनमा बेललाई आफ्नो योजनामा नराखेको बताउँदै आएका थिए । केही सात पहिले बेल साताको १ मिलियन पाउण्ड तलबमा चाइनिज क्लब जिआङ्गसु जान तयार रहेको समाचारहरु प्रकाशित भएका थिए ।

बेललाई यसअधिका कैयौ प्रि-सिजन खेलमा समावेश गरेको थिएन् । उनलाई जुलाईमा भएको छ मैत्रिपूर्ण खेलमध्ये दुई खेलमा मात्र समावेश गरिएको थियो ।