भारतमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो, १२ को मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट बुधबार मात्र तीन जनाको ज्यान गएको छ । भारतमा कोरोना संक्रमणबाट एक दिनमा मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो । भारतमा मर्नेको संख्या १२ पुगेको छ ।

मध्ये प्रदेश र गुजरातमा दुई महिला र तमिलनाडुमा एक पुरुषको बुधबार निधन भएको हो । मध्य प्रदेश र तमिलनाडुमा यो पहिलो मृत्यु हो । जबकि गुजरातमा दोस्रो हो । ७६ भन्दा बढी नाया संक्रमण फेला परेका छन । पुरा भारतमा संक्रमितको संख्या ६०० सय पार गरेको भारतीय मिडियाले जनाएका छन । सबैभन्दा बढी महाराष्ट्रमा १५ केरलमा नौ नयाँ केस फेला परेका छन ।

केंद्रीय स्वास्थ्य मंत्रालय र राज्यको स्वास्थ्य विभागका अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या ६ सय ३२ पुगेको छ ।