भारतमा कोरोना संक्रमितको संख्या १ लाख १८ हजार नाघ्यो

एजेन्सी । भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या १ लाख १८ हजार ४ सय ४७ नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार बिहान सम्म कोरोनाबाट भरतमा मृत्यु हुनेको संख्या ३ हजार पाँच सय ८३ पुगेको छ ।

संक्रमणबाट निको भएका बिरामीको संख्या ४८ हजार पाँच सय ३३ रहेको पनि सो मन्त्रालयले जनाएको छ । हाल भारतमा ६६ हजार तीन सय ३० जना कोरोना संक्रमित उपचाररत छन ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४१ हजार ६ सय ४२ नागरिक कोरोना भाइरस संक्रमित छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा छ । त्यहाँ १३ हजार नौ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गुजरातमा १२ हजार ९०५ संक्रमति रहेका छन् । दिल्लीमा ११ हजार ६५९ जना कोरोना संक्रमित छन् ।

राजस्थानमा ६ हजार २२७ कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ४८५ निको भएका छन् । संक्रमणको कारणको यहाँ १५१ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा ५ हजार ९८१ कोरोना भाइरस संक्रमण रहेको छ भने, २ हजार ८४३ निको भएका छन् । यस संक्रमणको कारणको २७० जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा ५ हजार ५१५ मा संक्रमण छ भने केरलामा ६९० जनमा संक्रमित देखिएका छन । लदाखमा ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जम्मु र काश्मिरमा १ हजार ४४९ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ ।