भिकारी रकम झिक्दा बैंक भयो खाली

एजेन्सी । सडकको छेउछाउमा माग्न बस्ने भिकारीसँग कति रकम हुन्छ ? तपाईंले कहिल्यै सोच्नुभएको छ ?

भिकारीसँग कति रकम हुन्छ भन्ने बारे यो खबर सुन्दा तपाईं अचम्म लाग्न सक्छ ।

एक भिकारीले आफ्नो बैंक खाताबाट यति धेरै रकम निकालेका छन् कि जसका कारण बैंक नै खाली भएको छ ।

एक भिकारीको खातामा ६.३७ करोड भारतीय रुपैयाँ भएको खुलासा भएको छ । यस्तो खबर बाहिरिएपछि अहिले उक्त भिकारीको संसारभर चर्चा भैरहेको छ ।

यो घटना लेबनानको सीदोन शहरको हो । यहाँ एक प्रसिद्ध अस्पतालको छेउमा वाफा मोहम्मद नाम भएकी महिला दिनभर भिख माग्छिन् ।

विगत दश वर्ष अघिदेखि उनले भिख मागेरै जिवन गुजारा गरिरहेकी छिन् ।

रिपोट्सका अनुसार, उनले आफ्नो पैसाको एक बैंकबाट अर्को बैंकमा ट्रान्सफर गर्न गएकी थिइन् ।

त्यसपछि बैंकमा रकम सकियो, यसपछि उनको २ वटा चेक अहिले सञ्जालमा भाइरल भइरहेका छन् ।

उनको दुवै चेक ३० सेप्टेम्बर २०१९ मा काटिएको छ । चेक भाइरल भएपछि यस घटनाको रहस्य खुलेको हो ।