रोनाल्डोको गोलमा पर्चुगल विजयी

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत पोर्चुगलले सर्वियामाथी फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई ४-२ ले पराजति गरेको हो।

पर्चुगलको जितका लागि विलियम कार्वाल्हो, गोनकलो गेदेस, क्रिस्टियानो रोनाल्डो र बर्नार्डो सिल्भाले एक एक गोल गरे। सर्वियाका मिलिनकोभिकले र मित्रोभिकल एक एक गोल फर्काएका थिए।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा विलियम कार्वाल्होले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा थप तीन गोल गर्दा दुई गोल खान पुगेको थियो। खेलको ५८ औं मिनेटमा गोनकलो गेदेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे।

६८ औ मिनेटमा सर्वियाका मिलिनकोभिकले गोल गर्दै अ‍ेल २-१ को स्थितीमा ल्याए। ८० औ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३-१ को अग्रता दिलाउँदा ८५ औं मिनेटमा मित्रोभिकले गोल गर्दै ३-२ ले गोल अन्तर घटाए। तर खेलको ८६ औं मिने सिल्भाले गोल गर्दै पोर्चुगललाई ४-२ को जित दिलाए।

समूह ‘बी’ मा रहेको पोर्चुगलको यो पहिलो जित हो। यस जितसँग पोर्चुगलले तीन खेलबाट ५ अंक जोड्दै दोस्रो स्थानमा छ। सर्विया भने ४ खेलबाट ४ अंक सहित तालिकाको चौथो स्थानमा छ।