सभामुख महराले दिए पदबाट राजीनामा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि महराले मंगलबार राजीनामा दिएका हुन् ।

उपसभामुखलाई सम्बोधन गरेर दिइएको राजीनामा पत्रमा लेखिएको छ, ‘हिजोदेखि विभिन्‍न सञ्‍चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्‍न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजैका मितिदेखि लागु हुनेगरी छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको थियो । घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहान छलफल भएको थियो ।

72332293 1321331231376633 4585883070388764672 n