सरकारलाई कांग्रेसको प्रश्न – सीमा विवादबारे प्रधानमन्त्रीस्तरीय वार्ता कहिले हुन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले कालापानीको सीमा विवादबारे भारतसँग प्रधानमन्त्री स्तरिय वार्ता कहिले शुरू गर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले अतिक्रमित भूभाग फिर्ता ल्याउनेबारे प्रधानमन्त्रीस्तरीय वार्ताका बारेमा प्रधानमन्त्रीसँग जवाफ मागेको हुन् ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेलगत्तै कांग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडुले संबोधन गरेका थिए । उनले सीमा विवादबारे जम्मा एक लाइन मात्र खर्चिएको भन्दै प्रधानमन्‍त्रीको आलोचना गरे । सीमा विवाद समाधान गर्न भारतसँग प्रधानमन्त्रीस्तरमा कहिले वार्ता हुन्छ ? भन्दै बडुले जवाफ मागेका थिए ।

उनले कालापानी, लिपुलेक लिम्पियाधुरा लगायतका अतिक्रमित भूमि समेटिएको नक्सा कहिले सार्वजनिक हुन्छ भन्नेबारेमा पनि जवाफ मागेका थिए ।