सीमा विवाद समाधानमा सरकारले चाडो पहल थालोस्

काठमाडौं । यतिवेला नेपाली पुनः भारतसँग आक्रोसित बनेका छन् । भारतले कालापानी क्षेत्रको लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई आफ्नो नक्सामा पारेर नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालीको भारतप्रतिको आक्रोस दिनानुदिन बढ्दो छ ।

ठाउँ–ठाउँमा भारतविरुद्ध नारावाजी लागिरहेका छन् । जनताको आक्रोस् दिनहुँ बढ्दो छ । यस्तो बेला सरकारले पनि सावधानी अपनाउँदै कुटनीतिक पहल चाल्न ढीला गर्नु हुँदैन । चाडो भन्दा चाडो दुवै देशले कुटनीतिक माध्यमबाट यसको दिर्घकालिन समाधान खोज्नुपर्छ ।

यसका विषयमा प्रधानमन्त्रीले विज्ञसहितको सर्वदलीय बैठक समेत बोलाई छलफल गरिसेका सकेका छन् । उक्त बैठकमा पनि सबैले लिपुलेक हुँदै लिम्पियाधुरासम्मको भूभाग नेपालको भएकाले छोड्न नहुने सुझाव दिएका छन् ।

जनता सडकमा उत्रिएर सरकारलाई यसमा बल प्रदान गरिरहेका छन् । यो भूभाग नेपालकै हो भन्ने प्रमाण पनि छ ।

तत्कालीन इष्ट इण्डिया कम्पनी र सर्वे अफ इण्डियाद्वारा प्रकाशित नक्सा तथा चिनियाँ र अन्य भूगोलविद्वारा प्रकाशित नक्साले समेत महाकालीको मुहान लिम्पियाधुरा नै देखाएका छन् ।

सन् १८१६ को सुगौली सन्धि हुुनु दुई महिनाअघि नै प्रकाशित यी नक्सा बृटिस सम्राटका हाइड्रोग्राफरले तयार पारेका नक्सा हुन् । जसलाई नेपालले प्रमाणका रूपमा पेश गर्न सक्छ । यी प्रमाण नेपालको पक्षमा छ । त्यसैले भारतसँग निर्णायक र परिणाममुखी वार्ता गर्न ढिला गरिनु हुन्न ।

नेपालले दिर्घकालिन समाधान खोजेन भने यस्ता समस्या फेरी फेरी पनि दोहोरी रहने छन् । जनताको राम्रो साथ पाइरहेको बेला सरकारले यो समस्यालाई चाडो भन्दा चाडो समाधान गर्नुपर्छ । जनताका आक्रोस् बढ्न दिनु हुँदैन । यो दुवै देशका लागि हितकारी हुँदैन । छिमेकी मुलुकबीच सुमधुर सम्बन्ध हुनुपर्छ । कटुताको सम्बन्ध भयो भने त्यसले दुवै देशलाई दिर्घकालिन असर गर्छ ।

सरकारले अहिले पनि आफ्नो धारणामा अडिग नभएर खुट्टा कमायो भने यो समस्याले कहिले पनि दिर्घकालिन समाधान पाउने छैन । भारतको झन मनोवल बढ्ने छ र उसको मिचाह प्रवृति झनै बढ्ने देखिन्छ । यस्तो अवस्थामा सरकारका पाइला नडगमगाउन ।

भारतले पनि सानो मुलुक भन्दैमा हेपाह र मिचाह प्रवृति देखाउनु हुँदैन । भौगोलीक रुपमा कोही सानो ठूलो हुँदैमा त्यसले फरक पार्दैन । बरु आफ्नो छिमेकीलाई सहयोग गर्दै बलियो बनाउनु पर्छ । छिमेकी बलियो हुँदा आफू पनि बलियो भइन्छ भन्ने नितीलाई अवलम्बन गर्नुपर्छ । यसले नै दुवै देशको हित गर्छ ।