१२ सत्ताईसको प्रदर्शन मिति टाढियो

काठमाडौं । चलचित्र ‘१२सत्ताईस’को प्रदर्शन मिति सरेको छ । मंसिर २७ मा प्रदर्शन मिति तोकिएको चलचित्रको प्रदर्शन माघ ३ का लागि सरेको हो । निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस प्रालिका अनुसार प्रचारप्रसार लागि समय नभएकाले प्रदर्शन मिति सारिएको हो ।

निर्माणपक्षले विज्ञप्ति जारी गरेर भनेको छ, ‘प्रचारप्रसारको लागि समय कम भएको र चलचित्रको केही काम प्राविधिक काम बाँकी रहेकाले प्रदर्शन मितिमा हेरफेर गर्नुपरेको छ ।’

लाइट कमेडी जनरामा निर्माण भएको चलचित्रको केहि दिनअघि सार्वजनिक ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेको छ । जोन योञ्जनले निर्देशन गरेको फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोनराज, भीस्म जोशि, अस्मिता खनाल, बिना कार्कीलगायत कलाकारको अभिनय छ।

रेणुराना, दिपक खतिवडा, र रुपक थापाले निर्माण गरेको फिल्मकामा सहनिर्माताको रुपमा गौतम शाहाको लगानी छ ।