News | Welcome

हाम्रो कथन समय परिवर्तनशील छ । अबको युग सूनचाको हो । पहिले सप्पतीले सम्पन्नता मापन हुन्थ्यो । अब सम्पन्नताको कसी सूचना बन्दै गएको छ । अर्थात यो युगमा जोसँग जति धेरै सूचना छ, ऊ उति धेरै सम्पन्न गनिन्छ । हामी आम नागरिक सम्पन्न होउन् भन्ने चाहन्छौँ । अदली–बदली भइरहने समयले अब इलेक्ट्रोनिक मिडियाको महत्वलाई बढाइदिएको छ । अक्षरपाटी त्यसैको उपज हो । दीक्षित मिडिया प्रा.लीद्वारा सञ्चालित अक्षरपाटीमा त्यस्ता अक्षरहरू कोर्ने प्रयत्न हुनेछन्, जुन जनताको दैलोबाट टिपेर राज्यको आँगनसम्म पुर्याइने छ । राज्यका प्रयत्न, प्रयास र सकारात्मक कदमलाई सुन्दर अक्षरमा लेख्ने इमान्दार कोसिस हुनेछ । अनि आम नागरिकका पक्षमा सँधै अमिट अक्षर कोर्ने अक्षरपाटीको प्रयत्न रहनेछ । असली पत्रकारिताको आयाम हामी सुरुवात गर्छौँ भन्ने, दम्भ छैन । तर त्यसको कडीका रूपमा हामी खरो प्रस्तुत हुनेछौँ । र, हामी डगमगाउने छैनौँ, सत्यको पक्षमा जिरह गर्न । यो हाम्रो प्रण हो । हामी सालिन र शुसुप्त आएका छौँ, यसलाई चुचुरोमा पुर्याउने अभिभारा पाठक, सुभेच्छुक, विज्ञापनदाता र यहाँहरूकै हो ।