पेरिसमा ऐश्वर्याको र्याम्प वाक

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले पेरिसमा र्याम्प वाक गरेकी छिन् । पेरिस ले डिफाइल शोमा उनले इटालियन डिजाइनर गिएमबटिस्टा वल्लीले तयार पारेको आउटफिट लगाएर र्याम्प वाक गरेकी हुन् ।

पर्पल कलरको ड्रेसमा ऐश्वर्या निकै शुन्दर देखिएकी थिइन् । यो उनको पेरिस फेसन विकमा डेब्यू कार्यक्रम हो ।

ऐश्वर्याल इवा लान्गोरिया, केमिला कबेलो, हेलेन मिरेन, गौरी हार्नर, अम्बेर हर्ड, डाउटजेन क्रोएस र लिया केबेडैटसँग र्याम्पमा जादु देखाएकी हुन् ।