‘मिसेस् टप अफ द वल्र्ड’मा सरिक हुँदै अलिना

काठमाडौं । युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् ।

‘मिसेस् टप अफ द वल्र्ड २०१९’का लागि आधिकारिक प्रतिनिधि पठाउने संस्था इप्लानेट प्रालिले शुक्रबार काठमाडौंमा कार्यक्रम गर्दै प्रतियोगिताको क्राउन पहिर्याउँदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो ।

व्यतिmको बौद्धिक क्षमता, व्यक्तित्व र सौन्दर्य अन्तर्राष्ट्रिय मञ्चमा प्रचार प्रसार गर्ने उदेश्यसहित अलिनालाई ‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा पठाउन लागेको इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

२९ देखि जून २ तारिखसम्म आयोजना हुने प्रतियोगितामा अलिना, कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी बिभिन्न प्रशिक्षणसहित सहभागिता जनाउने छिन् ।

स्नात्तकोत्तर अध्ययन पुरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन् । उनी व्युटिसियन पनि हुन् । मिसेस् टप अफ द वल्डर्मा यसअघि रजनी थापाले वर्ष २०१५को संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वल्र्डको अवार्ड जितेकी थिइन् ।