भारतमा विनाशकारी अम्फान आँधी, ७२ को मृत्यु, विभिन्न क्षेत्रमा ठूलो क्षति

एजेन्सी । कोलकाता समेत पश्चिम बंगालको कैयौं क्षेत्रमा आएको विनाशकारी अम्फान आँधीका कारण अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीलाई उद्धृत गर्दै भारतीय मिडियाले आँधीका कारण हजारौं घरहरुमा क्षति पुर्याएको छ ।

कोलकातालगायत कैयौँ जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युतका पोलहरु नै तहसनहस भएका छन । तुफानका कारण कैयौँ सञ्चारका टावरहरु क्षति भएका छन । तुफानका कारण इन्टरनेट तथा मोबाइल सेवा अवरुद्ध भएका छन । यसले पनि यकिन क्षति विवरण संकलन गर्न कठिनाइ भएको बताइएको छ ।

राज्यका अधिकारीहरुले जनधनको क्षतिको विवरण दिन अहिले नै हतार हुने बताएका छन । ज्यादा प्रभावित क्षेत्रमा पुग्न अहिले सम्भव नभएको पनि अधिकारीहरुको भनाइ छ । भारतीय मौषमविदहरुले यो सय वर्षपछि राज्यमा आएको सबैभन्दा ठूलो तुफान हो ।

मुसलधारे वर्षा र १९० किलोमिटर प्रति घन्टाको रफ्तारसहित आएको हुरिवताससहितको चक्रवात बुधबार पश्चिम बंगालको दीघा तटसँग ठोकिएको थियो, जसका कारण विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो ।

उत्तर २४ परगनामा रुखले च्यापिएर एक महिला र एक पुरुषसहित चारको मृत्यु भएको छ । त्यस्तै हावडामा रुखले च्यापिएर एक बालिकाको मृत्यु भएको छ । कतिपय स्थानमा करेन्ट लागेर मानिसहरुको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार पूर्वि मिदनापुर, हावडा, उत्तर र दक्षिण २४ परगना जिल्लासहति राज्यको राजधानी तुफानले निकै प्रभावित भएको छ ।
अधिकारीहरुका अनुसार कोलकाता, पश्चिम बंगालका अधिकांस जिल्लामा बिजुलीका खम्बा, यातायातका सिग्नल, विधुतका खम्बा र हजारौं रुख डलेर क्षति पुर्याएको छ । अधिकारीका अनुसार अम्फानले हजारौं मानिस घरविहीन भएका छन । राज्यमा हजार भन्दा बढी मोबाइल टावर क्षति भएका छन । कोलकाताको कतिपय स्थानमा होचो जमिन जलमग्न भएको छ । युनेस्कोले सम्पदाको सूचीमा राखेको सुन्दरवन डेल्टाको तटबन्ध चक्रवातले फुटाइदिएको छ । चक्रवातले यस क्षेत्रको अन्नबाली पुरै नष्ट गरिदिएको छ ।

अम्फान चक्रवातले कतिपय आश्रय गृहहरुमा मानिसले खानाका लागि धक्कामुक्की गरेको र कारोना संक्रणबाट बच्च अपनाइएको सामाजिक दुरीको बेवास्ता गरेको बताइएको छ । यसले कोरोना संक्रमण अझ भयावह बन्ने अनुमान गरिएको छ । अम्फानको चक्रवातले नेपालको पूर्वि क्षेत्रमा केही क्षति पुर्याउन सक्ने र मध्य नेपालमा वर्षा हुनसक्ने अनुमान गरिएको छ ।