सर्जक डिआरको ‘घर यस्तो होस्’ बजारमा

काठमाडौं । सर्जक डा डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द, स्वर र सागर अधिकारी ‘शरद’को संगीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ ।

गीतकारका रुपमा थुप्रै विश्व रेकर्ड कायम गरेका डा उपाध्याय गायनमा पनि यो गीत मार्फत देखिएका छन् । ‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सवैले आफ्नो जिम्मेबारी वहन गरुन हरेकको घरमा सुख शान्ति होस् भन्ने हेतुले मैले यो गीत स्रोता, दर्शकमाझ ल्याएको हुँ’, किर्तिमानी गीतकार डा डीआर उपाध्यायले भने । डा उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’मा समावेस रहेको गीत हो यो ।

दश उपन्यास र सयौं गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कम बस्न सफल डा डीआर उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । अहिलेसम्म उनका १८ एल्बम र सयौं गीत स्रोता, दर्शकमाझ आएका छन् ।

गीत लेखेर एकपछि अर्को किर्तिमान कायम गरेका डा डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।