खुल्ला लोकदोहोरी कार्यक्रम हुँदै

काठमाडौं । वरपिपल कला केन्द्र दोहोरी साँझले खुला लोकदोहोरी कार्यक्रम गर्ने भएको छ । केन्द्रकी संस्थापक आइसा थापाको जन्मोत्सवका अवसरमा आउँदो असार ११ गतेबाट कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कलाकारले नाम दर्ता गराउन समेत आह्वान गरिएको छ । कार्यक्रममा सहभागी हुन वरपिपल कला केन्द्र दोहोरी साँझको फोसबुकमा सम्पर्क गर्न संयोग सूर्य कार्कीले आह्वान गरेका छन ।