‘गोठपानी मेलामा’ बजारमा

काठमाडौं । गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीन ‘गोठपानी मेलामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । असारे झरी सुरु भएसंगै नेपाली खेतीपाती, मेला तथा गोठपानीमा रमाउने भएकाले समयसान्दर्भिक गीत लिएर गायक मेलोडी दर्शकमाझ आएका हुन ।

दर्जनौ गीत गाइसकेका तथा देशैभर हुने मेला महोत्सवमा व्यस्त रहने गायक रमेशको आवाजमा ‘गोठपानी मेलामा’ भर्खरै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

सार्बजनिक गीतमा सुप्रशिद्ध वरिष्ट गीतकार अम्बिका गुरुङको शब्द र गायक श्रेष्ठ मेलोडीको आफ्नै संगीत रहेको छ । बिनयकुमार कार्कीले एरेन्ज गरेको गीतको भिडियो बिष्णु बिरही श्रेष्ठले एनिमेसन तथा सम्पादन गरेका हुन् ।