सहिमाको ‘मोयाले’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गीत ‘मोयाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

भिडियो निर्देशक शिब बिकले गरेका छन् । भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगरले अभिनय गरेका छन ।