गायिका पुनको ‘सबैभन्दा प्यारो’ बजारमा

काठमाडौं । गायिका टीका पुनको आवाजमा राष्ट्रिय गीत ‘सबै भन्दा प्यारो लाग्छ’ बजारमा आएको छ । डिएआर मुभिज प्रालिले बजारमा ल्याएको गीतमा पुनसँगै भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले पनि आवाज दिएका छन् ।

गीतको एरेन्ज जीवन बडूले गरेका हुन भने गीतको भिडियोमा मोडेल अनु पराजुलीले अभिनय गरेकी छिन् । भिडियोको सम्पादन तथा छायांकन अमन बडूले गरेका हुन् ।