गजल

० सुधा शाह

हेर न यो केटा , कति राम्रो भाको छ
नसाकै देन हो , जति राम्रो भाको छ

मलाई त के था , भन्छन् अरुले नै
गाँजा चुरोट तान्ने, अति राम्रो भाको छ

गाउँ चहार्दै डुल्न, छोडिसक्यो अब
बरु धाउँछु भट्टीतिरै, मति राम्रो भाको छ

बोतलको पानीले हो, या तिम्रो मायाले
मुटुको ढुकढुक, गति राम्रो भाको छ

गर्नु पर्दैन संका, तिमले कत्ति पनि
शिव जस्तै तिम्रो, पति राम्रो भाको छ

(रुकुमकोट, रुकुम । हाल, नेपालगन्ज)