‘झरीपरेको रात’मा सुन्दरी श्रेयाको अभिनय

काठमाडौं । लोकप्रिय गायक सुनिल गिरीको ुझरीपरेको रातुको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा पछि गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।

गीतमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् । गीतमा श्रेया शर्माको अभिनय छ । बिबेक बिक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको सार्वजनिक गीतको भिडियोको सम्पादन विबेक बिकले गरेका हुन् । निर्देशन गायक सुनिल आँफैले नै गरेका छन।