अयोध्यामा ५० हजार श्रद्धालुले एकैसाथ प्रार्थना गर्नसक्ने राम मन्दिरको शिलान्यास गर्दै मोदी

काठमाडौं । लामो विवाद र प्रतिक्षापछि अदालतले राममन्दिरको पक्षमा फैसला दिएको भारतको अयोध्यामा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले १० दिनपछि राम मन्दिरको शिलान्यास गर्ने भएका छन ।

भारतीय मिडियाका अनुसार आगामी ५ अगस्तमा अयोध्यामा राम मन्दिरको शिलान्यास हुने कार्यक्रम तय भएको हो । मन्दिरको शिलान्यासलाई लिएर अयोध्यामा तयारी तीव्र रुपमा सुरु भएको छ ।

यस तीर्थ क्षेत्रका कोषाध्यक्ष स्वामी गोविन्ददेव गिरिका अनुसार पहिला निर्णय भएभन्दा मन्दिर दुई गुना भन्दा पनि १० हजार वर्ग फिट विशाल निर्माण गरिने भएको छ । मन्दिर ८४ हजार ६ सय वर्गफिट क्षेत्रफलमा फैलिने गरि नक्शा तयार गरिएको छ । मन्दिरको अग्रभागमा ढोकामा सिंहको विशाल मूर्ति पनि राखिने जनाइएको छ ।

गिरिका अनुसार भारतीय प्रधानमन्त्री मोदीले ५ अगस्तमा मन्दिरको शिलान्यास गर्ने क्रममा सबै राज्यका मुख्यमन्त्रीहरु आमन्त्रित हुनेछन ।
कार्यक्रममा कोरोना महामारीलाई मध्यनजगर गर्दै करिब दुई सय विशेष अतिथिहरुलाई भौतिक दुरी कायम गरेर कार्यक्रम सम्पन्न गरिने छ । शिलान्यासभन्दा पहिला प्रधानमन्त्री मोदीले मन्दिरमा भगवान राम र हनुमान गढी मन्दिर पुगेर भगवान हनुमानको पूजापाठ गर्नेछन । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टद्वारा प्रस्तावित नयाँ मन्दिरको डिजाइन तयार भइसकेको छ ।

ट्रष्टले यस मन्दिरको नाम श्रीराम जन्मभूमि मन्दिर राखेको छ । मन्दिरमा गुढ मन्डपसहित किर्तन र प्राथनाका लागि पनि मन्डपको व्यवस्था गरिएको ट्रष्टले जनाएको छ । पहिला २० हजार श्रद्धालुले एकसाथ प्राथना गर्नसक्ने क्षमतालाई बढाएर अब एकैसाथ ५० हजार मानिसले प्राथना गर्नसक्ने गरि मन्दिर निर्माण गरिन लागेको हो ।