एम्बाप्पे तीन साता मैदान बाहिरै रहने

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा फरवार्ड केलियन एम्बाप्पे कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् ।

घुँडामा लागेकाले उनी कम्तिमा तीन सातासम्म खेल्न सक्ने छैनन् । उनको घुडामा गम्भीर चोट भएकाले खेल्न सक्ने छैनन् ।

गत शुक्रबार कप डे फ्रेन्च (फ्रेन्च लिग कप)को फाइनलमा सेन्ट एटिएनका लेइस पेरिनले खराब ट्याकल गरेपछि एम्बाप्पेको दायाँ खुट्टामा चोट लागेको थियो ।

तीन साता मैदान बाहिर रहने भएपछि एम्बाप्पेले फ्रेन्च लिग कपको फाइनल तथा च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल गुमाउने पक्का भएको छ ।