जहाँ बिरालोको बच्चामाथि सामूहिक बलात्कार भयो

एजेन्सी । पाकिस्तानको लाहौरमा पशुमाथि भएको क्रुर घटना बाहिरिएको छ । लाहौरमा १५ वर्षका किशोर र उनका साथीहरूले एक बिरालोमाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ ।

यो घटनाले पशु अधिकार कर्मीहरूलाई झस्काइदिएको छ । बलात्कारका कारण बिरालोको बच्चाको मृत्युसमेत भइसकेको पशु अधिकार संगठनले जानकारी दिएको छ ।

पशु अधिकार संगठन जेएफके एनिमल रेस्क्यू सेल्टरले घटनाको जानकारी आफ्नो फेसबुक ह्यान्डलबाट गराएको छ ।

पशु अधिकारका लागि काम गर्ने संगठनको फेसबुक पोस्ट अनुसार बिरालोको बच्चालाई किशोरका परिवारले खरिद गरेका थिए । जब उनीहरूले बिरालोको बच्चालाई घर लिएर आए तब उनका साथीहरूले एक हप्तासम्म सामूहिक बलात्कार गरे । जसका कारण बिरालोको आन्तरिक अङ्ग गम्भीर रुपमा क्षतीग्रस्त भयो ।

जब बिरालोलाई पशु चिकित्सककोमा पुर्याइयो तब बिरालोको आन्तरिक अङ्गबाट शुक्रकिट र रगत निस्किएको पाइएपछि घटनाको रहस्य बाहिरिएको हो ।

बिरालोको बच्चालाई उपचारका लागि लगेपनि उसलाई बचाउन नसकिएको बताइएकव छ ।