मेरो दावेदारी सभापतिमा : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो दावेदारी सभापतिमा रहने बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय भएसँगै नेताहरूको उमेद्‍वारी घोषणा गर्ने क्रम बढेको छ ।

बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको भेला पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘जसले सबैलाई एकैठाउँमा ल्याउनसक्छ, त्यसैले सभापति जित्ने’ बताउँदै आफ्नो उमेदारी सभापतिमा हुने बताए हुन् ।

सबैलाई मिलाएर अघि बढ्ने हैसियत आफूसँग भएको उनले बताए ।