विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख नाघ्यो

एजेन्सी । कोरोनाभाइरस महामारीबाट विश्वभर संक्रमित हुनेहरूको संख्या १ करोड ६९ लाख नाघेको छ ।

बिहीबार बिहानसम्ममा कोरोनाबाट विश्वभर १ करोड ७१ लाख ७७ हजार ४ सय ९ जना संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट हालसम्म ६ लाख ७० हजार २ सय १ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, १ करोड ६ लाख ९७ हजार ९ सय ७५ जना संक्रमित निको भइसकेका छन् ।