देउवालाई पौडेल समूहले बुझायो असहमति पत्र

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति पत्र बुझाएको छ । एकलौटी रुपमा विभागर र निकायहरूमा मनोनयन गरेको भन्दै पौडेल समूहले आज असहमति पत्र बुझाएको हो ।

पार्टीमा छलफलनै नगरी देउवा अगाडि बढिरहेको भन्दै पौडेल समूहले आपत्ति जनाएको छ । पौडेल समूहले देउवालाई लिखित रुपमै सच्चिन ध्यानाकर्षण गराएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा महाधिवेशनको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने प्रावधान भए पनि पार्टी सभापतिले विधान विपरित काम गरिरहेको उनीहरूको आरोप छ।