काठमाडौंमा ४५ सहित देशभर थपिए २७४ संक्रमित

काठमाडौं । आज थप २ सय ७४ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ७४ जनामा संक्रमण पुष्टि हुनुका साथै तीन जनाको मृत्यु भएको छ ।

आज काठमाडौं उपत्यकामा मात्रै ४५ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बुधबार कोरोना संक्रमित पर्साका ७० वर्षीय र ६८ वर्षीय पुरुष तथा मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ।