पर्सामा थपिए स्वास्थ्यकर्मीसहित १३ कारोना संक्रमित

पर्सा । पर्सामा थप १३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यस अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मी सहित १३ जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबार राति १३ मा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी र १ जना सफाइकर्मी रहेको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिएका छन् ।

बाँकी १० जना सर्वसाधारण रहेको मेसु उपाध्यायले बताए । बिहीबार थपिएका कोरोना संक्रमितसँगै पर्सामा कूल संक्रमित संख्या ३ सय ६९ पुगेको छ ।