विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७४ लाख नाघ्यो, निको हुने एक करोडभन्दा बढी

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७४ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभर १ करोड ७४ लाख ७६ हजार १ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।

विश्वभर कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या ६ लाख ७६ हजार ७ सय ५९ जना पुगेको छ।

यस्तै विश्वभर एक करोड ९ लाख ३९ हजार ४ सय ७३ जना संक्रमणमुक्त भएका छन्।

सर्वाधिक संक्रमित रहेको अमेरिकामा ४५ लाख ६८ हजारमा कोरोना पुष्टि भएको छ। एक लाख ५३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।