लामो आयुको दुस्मन धूमपानः वर्षमा ६० लाखले गुमाउँछन ज्यान

O विकलचन्द्र आचार्य

बिश्व स्वास्थ्य संगठनको तथ्यांकले संसारमा करिब एक अर्ब भन्दा बढी मानिस धुमपान गर्छन । यीमध्ये ८० प्रतिशत निम्न र मध्यम कमाइ हुने देशका मानिस छन । जसले गर्दा यी देशहरुमा सुर्तिजन्यको कारणबाट हुने रोग तथा मृत्यको भार निकै बढी छ ।

बर्षमा संसारभर धूमपानको कारणले करिब ६० लाख मानिसले ज्यान गुमाउने गरेको कुरा यस संगठनले जनाएको छ । धूमपान भन्नाले कुनै पनि सुर्तिजन्य चिज जस्तै चुरोट, खैनी, सुर्ती, गुट्खा, तमाखु, कक्कडआदिको सेवनलाई जनाउँछ ।

धूमपान हानिकारक किन ?

चुरोटमा निकोटिन र कार्बन मोनोअक्साइड जस्ता हजारौँ केमिकलहरू हुन्छन । सुर्तिमा एकदम नसादार निकोटिन भन्ने केमिकल हुन्छ, जसले अनेक किसिमको नोक्सान स्वास्थमा पार्दछ । यसले मुटुको धड्कन बढाइ मुटुलाई बढी काम गर्न बल गर्दछ । रक्तचाप बढाउँछ ।

रगतलाई बाक्लो र टाँसिने बनाउँछ, त्यसैले रगत जम्न सजिलो पार्दछ । रगतभित्र रक्त नलीमा जमेपछि यसले रक्त संचारमा ब्यवधान पुर्याउँछ । मुटुमा रगत आपूर्ति गर्ने नलीमा रगत जमेर अक्सिजनयुक्त रगत बरोबर पास हुन नसकेपछि हृदयाघात हुनसक्छ । दिमागमा पनि बराबर अक्सिजनयुक्त रगत पास नभएपछि स्ट्रोक हुने कारण बन्ने गर्छ ।

नियमित धुमपान गर्नेको रगतमा जब निकोटिनको लेभल घट्छ तब झर्को लाग्ने, ध्यान एकत्रित नहुने, बेचैनीले समात्ने आदि हुन्छ ।

निकोटिन

निकोटिनले आड्रनालाइन भन्ने हार्मोन उत्पादन गर्दछ । जसले मुटु चाँडै धड्कने, उच्च रक्तचाप बढ्ने, मुटुलाई बढी काम गर्न वाध्य पार्छ । निकोटिनले दिमागको गतिविधिलाई बढाउँछ । नियमित धुमपान गर्नेको रगतमा जब निकोटिनको लेभल घट्छ तब झर्को लाग्ने, ध्यान एकत्रित नहुने, बेचैनीले समात्ने आदि हुन्छ ।

अर्को धुमपान गरेपछि यो सब तलतल मेटिन्छ । धूमपान नशादार हुन्छ । त्यसैले धूमपान गर्नेले नियमित रुपमा यसको सेवन गर्ने गर्छन ।निकोटिनले रक्त नालीमा बोसो जम्मा हुने कारण बन्न सक्छ, जसले कोरोनरी मुटुरोग लाग्ने प्रमुख जोखिम हुन सक्छ ।

कार्बन मोनोअक्साइड

यी केमिकलहरूले मुटु र शरिर मा चाहिने अक्सिजन कम गराउछ । रक्त कोषिकामा या सानो प्वाल बनाउने कारण पनि हुनसक्छ । यसले कोलेस्ट्रोललाई जान दिन्छ । जुन जम्मा भई रक्तनलीलाई साँघुरो बनाउँछ ।

गर्बवती महिला, जसले धुमपान गर्छन, उनीहरुको पेटभित्रको बच्चालाई कम मात्रामा अक्सिजन उपलब्ध हुन्छ । यसले गर्दा बच्चाको बृद्दीमा सबै भन्दा बढी असर गर्ने गर्छ ।

कालो धुँवा

जसमा धेरै केमिकलहरू हुन्छन । यो फोक्सोमा पुग्छ अनि रगतद्वारा शरीरका विभिन्न भागमा पुग्दछ । चुरोटमा चार हजार भन्दा बढी केमिकल हुन्छन । जसमध्ये थाहा भएको ५० किसिमको क्यान्सर हुने चार्सिनोजेंस भन्ने रसायन र अरु बिषालु रसायन धुमपानमा हुन्छ ।

धूमपानले लाग्ने रोग

अकालमा मर्ने र रोग लाग्नुको प्रमुख कारण धुमपान हो । यसबाट कोरोनरी मुटुरोग, स्ट्रोक, क्यान्सर, आस्मा, दम, अल्सर, रक्त नली साघुरिने आदि जस्ता रोग लाग्न सक्छन । आधि भन्दा बढी धुमपान गर्ने मानिस योसँग संबन्धित रोगबाट मर्ने गर्छन ।

केहि धुमपानबाट हुने रोगले धेरै तड्पाएर ढिलो मृत्युको कारण बन्ने हुन्छ । क्रोनिक सिपोपिठी रोग जसले फोक्सो र श्वास प्रश्वासको धेरै समस्या भएर निकै नै समय बिरामी भएर मात्रै इहलिला समाप्त हुने गर्छ ।

धेरै, थोरै अथवा कहिलेकाही मात्र धुमपान गर्नेको मुटु र रक्त कोषिकाहरु नोक्सान हुन्छ । जुन महिलाले परिवार नियोजनको चक्की खाने र मधुमेह हुनेलाई धूमपानको कारणले अरु मुटुको रोगको जोखिम झन प्रबल रुपले बढ्छ ।

धूमपान नगर्ने मानिस जो धुमपान गर्ने वरिपरी बस्छन उनीहरुलाई कार्डियोभास्कुलर लाग्ने अधिक सम्भावना हुन्छ ।

निस्कृय धुमपान

निस्कृय धुमपान भनेको धुमपान गरेको ठाउँमा धूमपान नगर्नेले श्वास फेर्ने काम हो । अनुसन्धानले देखाएको छ कि धूमपान नगर्ने मानिस जो धुमपान गर्ने वरिपरी बस्छन उनीहरुलाई कार्डियोभास्कुलर लाग्ने अधिक सम्भावना हुन्छ ।

विश्वमा बर्षेनी करिब ६ लाख मानिस निस्क्रिय धूमपानको धुँवाको कारणले ज्यान गुमाउने गरेको कुरा बिश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

निस्कृय धूमपानले बालबालिकालाई भविष्यमा हुने कोरोनरी मुटुरोग लाग्ने जोखिम बढाउँछ । किनभने धूमपानले एचडीएल (राम्रो) कोलेस्ट्रोललाई घटाउँछ । यसले उच्च रक्तचाप बढाउनुको साथै मुटुको तन्तुहरूलाई नोक्सान पार्दछ ।

निस्कृय धुमपानले बच्चाहरुमा श्वासप्रश्वास सम्बन्धि रोग रेस्पिरेट्रोरी डिसट्रेस सिन्ड्रोम र आस्माको कारण बन्न सक्छ ।

धूमपान छोड्न सकिने पहिलो महत्वपूर्ण आधार व्यक्तिको इच्छाशक्ति नै हो । मन देखि नै आउनु पर्यो कि ‘मेरो स्वास्थ्य मेरो लागि धेरै महत्वपूर्ण छ, अनेक किसिमका रोगको शिकार हुनुभन्दा धूमपान छोड्नु अति जरुरी हो ।’

धुमपान छोडौँ, स्वस्थ्य बनौँ

आफ्नो स्वास्थयको लागि सुर्तिजन्य कुनैपनि धूमपान नगर्नु उत्तम हो । मुटुरोग लगायत अन्य धेरै रोगको खानि धूमपान छोडेर अनेक फाइदा पाउन सकिन्छ । जति समय धूमपान गरेपनि यसलाई छोड्नु नै दिर्घायु हुनु हो ।

निस्कृय धूमपानबाट टाढा रहनु पर्दछ । धूमपान गर्ने क्षेत्रमा नजाने र घरमा कसैलाई पनि धूमपान गर्न नदिने नियम बनाउनुपर्छ । धूमपान रहित जीवनशैली स्वास्थ्य मुटुको लागि एकदम महत्वपूर्ण कुरा हो ।

क्रियाशील जीवन। स्वस्थ्यकर खाना, ठिक्कको शरीर, चिन्ताको ब्यबस्थापन, उच्च कोलेस्ट्रोल, रक्तचाप, मधुमेह आदि कोरोनरी मुटुरोगबाट बच्न ध्यान दिनु पर्ने कुरा हुन ।

धूमपान छोड्न सकिने पहिलो महत्वपूर्ण आधार व्यक्तिको इच्छाशक्ति नै हो । मन देखि नै आउनु पर्यो कि ‘मेरो स्वास्थ्य मेरो लागि धेरै महत्वपूर्ण छ, अनेक किसिमका रोगको शिकार हुनुभन्दा धूमपान छोड्नु अति जरुरी हो ।’ यो विना निकोटिन स्थानपूर्ति थेरापी जस्ता अरूले सहयोग उति धेरै गर्न सक्दैन ।

मुड फेरिरहने, दिक्क लाग्ने स् शरीरमा निकोटिनको नासादार केमिकलको कमीले हुने भाबनाको कारण नै यस्तो हुने हो । त्यसैले आफ्ना परिवार, साथीभाइलाई यस्तो भएको कुरा भन्नु पर्छ । उनीहरुको सहयोग माग्नु पर्छ ।

धूमपान छोडेपछिको शारीरिक गतिविधि

तलतल लाग्ने : पहिलो चार हप्तामा धूमपानको चाहना खुब हुन्छ, यसपछि कम हुदै जान्छ । यसको प्रमुख कारणमा शरीरमा निकोटिनको कमीले हुने हो । यसको लागि लामो, छोटो, गहिरो श्वास प्रश्वास गर्ने, पानी पिउने तथा हिड्ने या अरु गतिविधि गरेर दिमागलाई अन्त मोड्ने । आफ्नो स्वास्थ्यको खातिर धुमपान छोडेको भनेर गरेको प्रणलाई सम्झने गर्नुपर्छ ।

खोकी लाग्ने : यो प्राय शुरुको केहि दिनमा हुन्छ । फोक्सोले जम्मा भएको कालो धुवा (टार) लाई शरीरबाट हटाउँदै गर्दा खोकी लाग्ने हुन्छ । तातो पेयले खोकी कम गर्न सकिन्छ । अति नै खोकी लाग्यो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।

भोक  : धुमपान छोडेपछि बढी भोक लाग्ने हुनसक्छ । खानाको स्वाद बढी मिठो लाग्ने बनाउँछ ।

निन्द्रास् कसैलाई धुमपान छोडेको शुरुको दिनहरुमा निन्द्रा गढबढ हुनसक्छ । शरीरमा निकोटिनले छोड्दैगर्दा यसो हुने गर्छ । एक महिना भित्र सामान्य प्राय हुन्छ । शारीरिक क्रियाकलाप गरेर निन्द्रामा सुधार हुन्छ । क्याफिन पाइने चिया, कफी, कोला जस्ता पेयहरु कम गर्नुपर्छ ।

रिंगाटा लाग्नु : शुरुको दिनहरुमा कहिलेकाही धुमपान छोडेको बेलामा रिंगाटा लाग्न सक्छ । जब दिमागमा कार्बन मोनोअक्साइडको सट्टा बढी अक्सिजन गएका कारण यस्तो हुनेगर्छ । यो राम्रो लक्षण हो । शरीरले यो रिंगाटा लाग्नेलाई केहि दिनमा नै ठिक पार्छ ।

मुड फेरिरहने, दिक्क लाग्ने स् शरीरमा निकोटिनको नासादार केमिकलको कमीले हुने भाबनाको कारण नै यस्तो हुने हो । त्यसैले आफ्ना परिवार, साथीभाइलाई यस्तो भएको कुरा भन्नु पर्छ । उनीहरुको सहयोग माग्नु पर्छ । शरीरले दिने प्राकृतिक प्रतिक्रियालाई थाम्न नसकेर फेरी धुमपान शुरु गर्नु हुँदैन।

त्यसैले स्वस्थ्यकर र दिर्घायु जीवनको लागि धूमपान ठूलो सत्रु भएको यथार्थता बुझ्नु जरुरी छ । शुरुमा नै धुमपान नगर्नु राम्रो हो, धूमपानको लत लागि सकेपछि पनि यसलाई चाँडै छोड्नु नै श्रेयकर हुन्छ । धुमपान छोड्नु कुनै बेला पनि ढिलो हुँदैन ।

-लेखक स्वास्थ्य विज्ञ हुन ।