सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीसहित ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा एक डाक्टर, एक स्वास्थ्यकर्मी, रौतहटका दुई जना र बाराका एक जना छन् । बाँकी सबै पर्साकै स्थानीय रहेको नारायणी अस्पतालले जनाएको छ ।

वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।