चैतमा बजाउदै बले र प्रिज्मा

काठमाडौं । सागर लम्साल बले र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन्। प्रेम सम्बन्धका कारण चर्चामा रहेको यो जोडीले रियलभन्दा म्युजिक भिडियोमा बाजा बजाएका हुन्।

गीतकार लोकराज अधिकारीको शब्द बाजा बजाउदै बोलको म्युजिक भिडियोमा सागर र प्रिज्माबाहेक प्रिन्सी खतिवडा र प्रदिप लिम्बूको पनि अभिनय छ।

सुजाता केसी र अर्जुन पोख्रेलको स्वरमा रहेको गीतमा पोख्रेलकै संगीत छ । गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन्।