चर्चामा वर्षाको हट तस्बिर

काठमाडौं । वर्षा शिवाकोटी सुन्दर अभिनेत्री हुन् । उनी जति सुन्दर छिन त्यत्तिनै उनको अभिनय पनि अब्बल छ ।

नाइ नभन्नु ल- २ फिल्मबाट नेपाली फिल्मी दुनियामा भित्रिएकी वर्षाले पहिलो फिल्मबाट नै दर्शकको मन जितेकी थिइन् । उनी अभिनित महिलो म्युजिक भिडियो झुम्का गिर्योरे पनि निकै चर्चित भएको थियो ।

अहिले उनै वर्षाको एक तस्बिर सामाजिक सञ्‍जालमा निकै भाइरल भइरहेको छ । हालै उनले इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको तस्बिरमा वर्षालाई निकै हट देख्न सकिन्छ । उनको उक्त तस्बिरलाई थुप्रै शुभचिन्तकहरूले मन पराएका छन् ।