कारोना राहत कोषमा वर्षाको एक लाख

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना राहत कोषमा अभिनेत्री वर्षा सिवाकोटीले एक लाख सहयोग गरेकी छिन ।

सामाजिक संजालमा भिडियो पोस्ट गर्दै उनले सहयोग गरेको कुरा जनाएकी हुन । लकडाउनका कारण दैनिकी चलाउन समस्या परेका मानिसहरुका लागि सहयोग गरेको उनले बताएकी छिन ।

‘मेरो इच्छा त कि यो सहयोग दैनिक काम गरेर जीवन गुजारा गर्नहरुलाई जाओस’, उनले भनेकी छिन ।