बिहारमा चारदिनदेखि मुसलधारे झरी, २९ को मृत्यु, उपमुख्यमन्त्रीको तीन दिनपछि उद्धार

बिहार । बिहारका कैयौ क्षेत्रमा चारदिनदेखि मुसलधारे पानी पर्ने क्रम रोकिएको छैन । राज्यमा बाढी र पानीका कारण आजसम्म २९ जनाको ज्यान गइसकेको छ ।

राजधानी पटनाका ८० प्रतिशत घरमा पानी पसेको छ । प्रशासनले मंगलबारसम्मका लागि स्कुल र कलेजको बिदा घोषणा गरेको छ ।

उद्धार र रातमा वायुसेनाका दुई हेलिकोप्टर परिचालन गरिएको छ । राज्यका उपमुख्यमन्त्रीलाई समेत तीन दिनपछि उनको घरबाट उद्धार गरिएको छ । उनी शुक्रबार रातीदेखि आफ्नै घरमा फसेका थिए ।

मौषम विभागले दक्षिण–पश्चिम मनसुन सक्रिय भएको र साइक्लोनिक सर्कुलेशन बंगालको खाडीमा बनेका कारण मुसलधारे बर्षा भएको जनाएको छ । पुरै राज्यमा बाढी वर्षाको असर परेको छ । १४ जिल्लालाई रेड क्याटोगरीमा राखिएको छ ।