काठमाडौंको दुई ठाउँमा विष्फोट, दुई जनाको मृत्यु

काठमाडौं। काठमाडौंको सुकेधारास्थित ढलानपुल नजिकै विष्फोट हुँदा पाँच जना घाइते भएका छन् । भने एक जनाको मृत्यु भएको खबर बाहिरिएको छ ।

यता काठमाडौंकै अनामनगर र घट्टेकुलोको बीचमा रहेको एक घरमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको अपुष्ट खबर प्राप्त भएको छ ।

प्रारम्भिक अनुसन्धानले सुकेधारमा सिलिण्डर ग्यास विष्फोट भएको देखाएको प्रहरीको भनाइ छ । घट्टेकुलोमा के विष्फोट भएको थियो भन्ने खुल्न सकेको छैन ।